उच्च अदालतले घटायो जनकपुर बम काण्डका मुख्य योजनाकार साहको सजाय

 असोज १८, २०७८ सोमबार ११:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले सजाय घटाएको छ ।

दुई हप्ताको  बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकिदिएको छ ।

२०६९ साल वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

त्यस  घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो । अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए।

ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो । जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए। जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले हिजो १२ वर्षबाट सजाय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको हो ।

ज्यान मार्ने उद्योगमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यद्यपी यस  घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदिएको छ ।

साह अहिले काठमाण्डौको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया