नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - दशैँमा घर जानका लागि १५ हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् ।
गएको असोज ११ गतेदेखि बिहानसम्म बसपार्कमै गएर र अनलाइनबाट १५ हजार जनाभन्दा धेरैले अग्रिम टिकट बुक गरेका ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । गएको असोज ११ गतेदेखि दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीको बसको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।
अहिले नयाँ बसपार्कबाट ३२ वटा टिकट काउन्टरमार्फत टिकट बुक गर्न पाइन्छ । मल्लले यो वर्ष टिकट लिनका लागि कुनै समस्या नभएको दाबी समेत गर्नुभएको छ । तर यात्रुहरुले भने दशैँमा घर जानको लागि बस टिकट नपाइएको गुनासो गरेका छन् ।
अग्रिम टिकट खुलाएका व्यवसायीले पहिले नै टिकट बुकिङ भइसकेको भन्दै खाली हात फर्काउन थालेका उनीहरुको भनाइ छ । गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान लगायतका जिल्लामा जान टिकट नपाएको यात्रुको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।