न्यायपालिका र सरकारविरुद्ध आन्दाेलन गर्न नपराेस् : नेपाल बार

 असोज १८, २०७८ सोमबार १६:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनले 'गठबन्धनमा प्रधानन्यायाधीश पनि ?' तथा 'मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा ?' लगायतका शीर्षक राखी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज सोमवार विज्ञप्ति निकालेर बार एसोसिएशनले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वाेच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने यस्ता क्रियाकलापको सधैँ विरोध र भत्र्सना गर्ने बताएको हो । 

‘सञ्चारमाध्यममा आएका यी समाचार सत्य भए यो अत्यन्तै असंवैधानिक र राज्य संयन्त्रमै दखल पुग्ने, संविधानको घोर उल्लङ्घन भइ अराजकता बढ्ने र अन्ततः असफल देश बन्ने–बनाउनेतर्फ राजनीतिक दलका नेता तथा संवैधानिक जिम्मेवारीमा रहेकाहरू संलग्न हुने सबैको चिन्ताको विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

यदि यो विषयलाई समान्य रूपमा लिइ अगाडि बढ्ने प्रयास भएमा नेपाल बार एसोसिएशन न्यायपालिका र सरकारविरुद्ध पनि विरोध र आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताइएको छ । 


 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया