पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार चार र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार दुई सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७० हजार दुई सय २४ पुगेको छ ।
यही अवधिमा थप १० जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार एक सय ७४ जनाको ज्यान गएको छ ।
अहिले नेपालमा १६ हजार ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५१ जनाको आईसीयू र एक सय १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख २० हजार पाँच सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६३ लाख ८४ हजार एक सय ७२ र एक मात्रा लगाउनेको सङ्ख्या ७८ लाख पाँच हजार ६ सय ८३ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।