अख्तियारले छापा मारेर प्रदेश २ को सरकारलाई बदनाम गराउन खोज्यो : मुख्यमन्त्री राउत

 असोज २०, २०७८ बुधबार १४:३१:२६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम बनाउने प्रयास भैरहेको बताउनुभएको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बदनाम गर्न जालझेल गरेको टिप्पणी गर्नुभयो ।

उहाँले प्रदेश २ को सफल कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई विवादित बनाउन षड्यन्त्र भैरहेको उहाँको आरोप छ । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको उहाँको भनाई छ ।

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै उहाँले आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशका छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको दावी गर्नुभयो । उहाँले संघीय सरकारको उपेक्षा, कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको आरोप पनि लगाउनुभयो ।    

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया