भारतले कोभिसिल्ड उपलब्ध गराउने, चीनले १० लाख डोज खोप अनुदानमा दिने

 असोज २०, २०७८ बुधबार १४:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा अर्को हप्तादेखि खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त हुन बाँकी छ भने थप खरिदका लागि समेत प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैबीच चीनले नेपाललाई कोरोनाभाइरस विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । नेपालका लागि  चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

यस्तै चीनले कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन सहयोग गर्ने  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीट मार्फत जानकारी दिनुभएको छ । चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले पनि चीनसँग भेरोसेल खोप खरिद गरेको थियो । 

सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन । तर यो खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया