तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना

 असोज २२, २०७८ शुक्रबार ७:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ ।

बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार  काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन ।

अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ ।  दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा बढ्दै जाने र दुई, चार दिनमा मनसुन बाहिरिने सम्भावना रहेको उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया