काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
विश्व फुटबल महासंघ फिफाले वर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेकाे सूचीमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच परेका छन् । यसपटक अर्जे्न्टिनी स्टार लियोनल मेस्सी शीर्ष तीनमा अटाएनन् ।
पछिल्लो केही वर्षदेखि लगातार फिफाको शिर्ष ३ मा पर्ने गरेका मेस्सी यसपटक भने नपरेका हुन् ।
रोनाल्डोले २०१६ मा च्याम्पियन्स् लिगको उपाधि जित्नुका साथै फिफा क्लब विश्वकप पनि उचालेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।
मोड्रिचले विश्वकपमा देशलार्इ फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए भने रियलले च्याम्पियन्स् लिग र क्लब विश्वकपको उपाधि जित्दा उनको योगदान निकै राम्रो रहेको थियो ।
सलाहले लिभरपुललाइ च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए भने प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा जिनेदिन जिदान, फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प र क्रोएसियाली फुटबल टिमका प्रशिक्षक ज्लाट्काे डालिच अन्तिम ३ मा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिप गंगा
Sept. 4, 2018, 12:18 a.m.लुका पाउछन् यो चोटि