नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

 असोज २२, २०७८ शुक्रबार १८:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । आज शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । 

यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएकाे असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हाे ।

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया