काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३३ बर्षे बाँया हाते ब्याट्सम्यान कुकले सबै किसिमको खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।
इंग्ल्याण्डका सर्वा्धिक रनकर्ता कुकले भारतविरुद्धको टेष्ट श्रृखंला सकिएपछि खेलाडी जिवन त्याग्ने बताएका छन् । राष्ट्रिय टिमबाट एक सय ६० टेष्ट खेलेका कुकले १२ हजार २५४ रन बनाएका छन् । जसमा ३२ वटा सतक रहेका छन् ।
कुनै समय टेष्ट क्रिकेटमा सचिनको कीर्तिमान तोड्ने खेलाडीका रुपमा हेरिएका कुकले आफूले राष्ट्रका लागि गर्नसक्ने जति गरेको बताएका छन् ।
भारतविरुद्धको पाँचौ टेष्टमा पनि टिमलाई जित दिलाउने लक्ष्यमा रहेका कुकले देशका लागि ५९ टेष्टमा कप्तानी गरेका थिए ।
टेष्ट क्रिकेटमा कुक सर्वा्धिक रन बनाउने सूचीमा छैटौ स्थानमा रहेका छन । तर उनी यो बर्ष खासै राम्रो फर्म रहन सकेन । यो बर्ष खेलेका खेलमा उनको एभरेज मात्र १८ दशमलव ६२ मात्र छ ।
यस्तै एक दिवसीयमा उनले ९२ खेलमा तीन हजार दुई सय चार रन बनाएका छन । तर उनले २०१४ पछि एकदिवसिय खेल खेलेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।