काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
साफ सुजुकी कप फुटबलको १२ औं संस्करण मंगलबारबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको आशमा रहनेछ । किनकी नेपालले यस संस्करणको उपाधि जित्दै पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।
‘हामी यहाँ उपाधिकालागि आएका हौ,’ सोमबार प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिका लागि लड्नेछौ ।’
तर, प्रशिक्षक महर्जनले भनेजस्तो पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यदी पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनलको यात्रा बलियो बन्नेछ । र, नेपाल त्यहीँ लक्ष्य प्राप्तिमा हुनेछ ।
साफमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ । तर, साफको नयाँ संस्करणपछि नेपालले ४ खेल खेलेको छ । नेपालले ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी गरेको छ । एक खेलमा पराजय बेहोरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।