काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दुई पटकका च्याम्पियन नोभाक जोकोभिच यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
न्युयोर्कमा भएको खेलमा पहिलो पटक ग्राण्डस्लाम खेलेका पोर्चुगलका जुआउ सोउजालाई तीन शुन्यको सोझो सेटमा हराउदै अन्तिम आठमा स्थान बनाए । ३१ वर्षीय जोकोभिचले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेटमा ६–४ ले विजयी भए ।
तेस्रो तथा अन्तिम सेटमा शारिरीक रुपमा केहि कमजोर देखिएपनि जोकोभिचले ६–३ ले जित्दै क्वाटरफाइनलमा प्रवेश गरे । सन् २००६ पछि जोकोभिच लगातार यूएस ओपनको सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी रोजर फेडररसँग खेल्ने प्रवल संभावना रहेको छ । फेडररले क्वार्टरफाइनमा स्थान बनाउन जोन मिलमनसँग खेल्नेछन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।