सडकमा खाल्डाखुल्डी : यात्रुलाई एकै ठाउँमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

 असोज २५, २०७८ सोमबार ११:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैँमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण  राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौँ जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो ।

पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो ।

बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसका कारण लामो दूरीका यात्रुले बढी समस्या भोग्नु परेको छ । वर्षातका कारण  समयमै सडक मर्मत गर्न नसकिएको सडक विभागले जनाएको छ ।  

लगातार पानी परिरहेकाले सडकका खाल्डाखुल्डी मर्मत गर्न कठिन भएको विभागका प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लामो दूरी भन्दा अझ धेरै समस्या ग्रामीण सडक भएर यात्रा गर्दा समस्या हुने गरेको छ ।  

दुई घण्टा लाग्ने ग्रामीण सडकको यात्रा गर्न ५, ६ घण्टासम्म लाग्ने गरेको यात्रुले गुनासो गरेका छन् । हरेक वर्ष घटस्थापनापछि काठमाण्डौ उपत्यका बाहिरिनेको सङ्ख्या बढ्छ । सडकको अवस्थाका कारण बर्सेनि यात्रुले सास्ती पाउने गरेका छन् ।   

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया