बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनायाे

 असोज २५, २०७८ सोमबार १९:४९:५३ | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका वडा नम्बर ४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई लिएर बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । 

आज साेमवार दिउँसो गेरुवा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थापाले बताउनुभयो । 

थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरिरहेको छ ।

बर्दियामा गएकाे शनिवार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको थियो । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० झप्टीमा जङ्गली हात्तीले आक्रमण गर्दा ४० वर्षीय बेचन दहिलकाे ज्यान गएकाे डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्राेण शर्माले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया