गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

 असोज २५, २०७८ सोमबार २०:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

यसअघि नै मन्त्री बन्ने चर्चा भएर शपथका लागि जाँदै गर्दा उहाँकाे नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो ।

तस्बिर : बुद्धि कुमारकाे फेसबुकबाट 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया