रुबी खानलाई बिहीवारसम्म अदालत उपस्थित गराउन सर्वाेच्चकाे आदेश

 असोज २६, २०७८ मंगलबार २०:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले रुबी खानलाई पर्सि २८ बिहीबार उपस्थित गराउन आदेश दिएको छ । गएको शुक्रवार प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।

उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले आउँदो बिहीवार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिनुभएको हो ।

रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनशन सुरु गर्नुभएको छ । यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्यत्र स्थानान्तरण नगर्न पनि सर्वोच्चले आदेश दिएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया