आज वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना

 असोज २८, २०७८ बिहिबार ८:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश-१ र वाग्मती प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना छ।

पानी पार्ने कुनै मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण वाग्मती र प्रदेश-१ मा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी एकैछिन मात्र पर्ने छ ।  बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् मानन्धरले बताउनुभयो ।

पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले पर्सि बेलुकादेखि  प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया