काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको लगातार विकेट गैरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ ।
सातौँ विकेटका रुपमा सोमपाल कामी बाहिरिए । २४ अाेभरकाे खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर जम्मा ६३ रन बनाएकाे छ ।
नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी, छैटौँ विकेटमा सागर पुन आउट भए ।
फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।