मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू आज जनकपुरधाम फर्किँदै
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्षको समेस्टर प्रणालीको शिक्षाशास्त्र अन्तर्गत उच्चस्तरीय शैक्षिक मनोविज्ञान– ३१५ विषयको परीक्षा स्थगित भएको छ ।
परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएकोले परीक्षा स्थगित गरिएको जानकारी गराइएको छ । यो विषयको परीक्षा कहिले हुने भन्नेबारे पछि नै सूचना निकालिने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन कार्यालयले जनाएको छ ।
गएको १७ गते पनि फाउण्डेशन अफ एजुकेशन अन्तर्गत शिक्षाका आधार विषयको प्रश्नपत्र होमनाथ भट्टराईद्वारा लिखित किताबको २०७४ को नमूना प्रश्न जस्ताको त्यस्तै आएको पाइएको थियो ।
यसरी पटक–पटक प्रश्नपत्र आउट हुँदा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका केन्द्रीय विभागका शिक्षकहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।