३ जना सवार मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो, १ घाइते

 असोज ३१, २०७८ आइतबार ११:४७:७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार त्यही ठाउँका १८ वर्षकै केशव मगरको ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीब्र गतिमा चलाउँदा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया