काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आसन्न एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने नेपालको सपना तुहिएको छ ।
सन् २०२२ सम्म एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले यस पटक एसिया कपको छनोट खेलेको थियो । तर नेपालले आफूलाई छनोट प्रतियोगितामा उत्कृष्ट सावित गर्न नसक्दा मलेसियाबाट रित्तै घर फर्किन बाध्य भयो ।
एसिया कपमा भारत र पाकिस्तान सहित अहिले जारी छनोट प्रतियोगिताको उपाधि विजेता एउटै समूहमा रहेका छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
छनोट प्रतियोगितामा नेपाल सहित, मलेसिया, युएई, हङकङ, सिंगापुर, ओमान छन् । तर नेपालले प्रतियोगिताको पहिला दुई खेल गुमाउनु नै छनोटबाट बाहिरिनुको मुख्य कारण बन्यो । नेपाल युएई र ओमानसँग पराजित भएको थियो । त्यसपछि मलेसिया र सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा टिकिरहने झिनो सम्भावना राखे पनि राउण्ड रोविन लिगको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतियोगिताकै खराब प्रदर्शन गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुनै पनि समयमा हङकङका बलरमाथि हावी हुन सकेन ।
हङकङ नेपालविरुद्ध ३ विकेटको जित निकाल्न सफल भयो । जम्मा ९६ रनको लक्ष्य हङकङले ३२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । हङकङको जितमा अन्सुमान रथले सर्वाधिक ५२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र बसन्त रेग्मीले १–१ विकेट लिए ।
आजको खेलमा जित हात पारे पनि हङकङलाई फाइनल पुग्न ओमान र यूएईको बीचको खेलको नतिजा कुर्नु पर्ने भएको छ । युएई विजयी भए हङकङ फाइनलमा पुग्ने छ । उपाधि विजेताले १५ सेप्टेम्बर देखि सुरु हुने एसिया कपमा स्थान बनाउने छ ।
आजको खेलमा नेपालले हङकङविरुद्ध प्रतियोगिताकै खराब प्रदर्शन गरेको थियो । नेपालका लागि आरिफ शेख र बसन्त रेग्मीले सर्वाधिक ३४ रनको मात्रै साझेदारी गरेका छन् ।
नेपालका ओपनर सुवास खकुरेल पहिलो ओभरमै आउट भए । पहिलो बल फेस गरेका सुवास आउट भएपछि नेपालको विकेट पतनको श्रृङखला सुरु भएको हो । कप्तान पारस खड्का र अनिल साहले २२ रनको साझेदारी गरेका थिए ।
तर नेपालको स्कोर २२ रन हुँदा कप्तान खड्का व्यक्तिगत १४ रनमा आउट भएका थिए । ज्ञानेन्द्र मल्ल र अनिलले नेपाली इनिङलाई अघि बढाउने क्रममा जम्मा २१ रनको साझेदारी गरे ।
त्यसपछि तेस्रो विकेटको अनिल कुमार साह नेपालको स्कोर ४४ हुँदा १५ रन बनाएर पेभेलियन फर्किए ।
उप-कप्तान ज्ञानेन्द्र पनि त्यस लगत्तै ४७ स्कोर हुँदा १२ रन बनाएर आउट भए । ५३ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा सागर पुन पनि ७ रनमा आउट भए ।
सातौ विकेटका रुपमा नेपालका सोमपाल कामी खाता नै नखोली आउट भए । उनले १२ बलको सामना गरे पनि रन बनाउन नसक्दा नेपालले ७ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो ।
मोहम्मद आरिफ शेख र बसन्त रेग्मीले ७२ बलमा ३४ रनको साझेदारी गरेपछि नेपालको स्कोर ८ विकेटमा ९२ रन पुगेको हो । आरिफ १८ रनमा आउट भएका थिए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमाएको थियो । सन्दीप लामिछानेले २ रन जोड्दा ललितनारायण राजवंशी शून्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी १५ रनमा नट आउट रहे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।