डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

 कात्तिक १, २०७८ सोमबार ११:३३:५१ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । 

यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्या भैरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यात्रु तथा सवारी अलपत्र परेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया