रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
पर्वत – साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टाेलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएकाे शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टाेलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु’, मेयर जोशीले भन्नुभयो ।
खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले त्याे रकम पुरस्कार स्वरूप दिने घोषणा गरेको जोशीले बताउनुभयो ।
सीमित स्रोत–साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो देशका लागि ऐतिहासिक भएको उहाँले बताउनुभयो । नगरपालिकाले छिट्टै नगर समिति बैठक डाकेर त्याे रकम नेपाली खेलाडीसमक्ष पुर्याउने जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।