गुल्मीमा खोलाले जीप बगायो

 कात्तिक १, २०७८ सोमबार १७:१८:१३ | जनार्दन घिमिरे
unn.prixa.net

साङ्केतिक तस्बिर

गुल्मी – हिजो आइतवार रातिदेखि परेको वर्षाका कारण गुल्मीमा खोलाले एउटा जीप बगाएको छ ।

आज सोमवार बिहान बुटवलबाट वामीटक्सार आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका ६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै जीपबाट झरेका थिए । जीपमा रहेका नौ यात्रु जीपबाट झरेलगत्तै

ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जीप बगाएर बढीघाट खोलामा पुर्याएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ । 

खोलाले बगाएको जीप अझै फेला पर्न सकेको छैन ।

वर्षाका कारण आज बिहानदेखि बन्द रहेको रिडी–रुद्रवेणी सडक भने केहीबेर अघिदेखि सञ्चालनमा आएको सत्यवती गाउँपालिका अध्यक्ष ढकालले बताउनुभएको छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया