सप्तरीमा प्रदेशस्तरीय मिथिला कप टी–२० क्रिकेट हुँदै

 कात्तिक १, २०७८ सोमबार २०:२८:३२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा प्रदेशस्तरीय मिथिला कप टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । युवा शक्ति क्लब विष्णुपुरले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा रहेकाे खेल मैदानमा आउँदाे बुधवारदेखि तेस्राे संस्करणको खेल आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीमा आज सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट सङ्घसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रविन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार १६ टाेली सहभागी गराएर आयोजना हुन लागेको प्रतियोगिता कात्तिक ३ गतेदेखि १२ गतेसम्म हुनेछ ।

प्रतियोगितामा बोटसोन क्रिकेट एकेडमी झापा, विराटनगर स्पोर्टिङ कल्ब मोरङ, फुलबारी क्रिकेट कल्ब सुनसरी, रन्जितपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्ट्स कल्ब सप्तरी, बजाज युथ क्रिकेट एकेडमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स कल्ब सप्तरी सहभागी हुनेछन् । 

यसैगरी जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट कल्ब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट–११ रौतहट, क्रिकेट बजार–११ बारा र युनाइटेड क्रिकेट कल्ब पर्सा सहभागी हुनेछन् ।   

प्रतियोगिताकाे विजेताले सिल्डसहित एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले सिल्डसहित ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।  

अन्तिम अपडेट: चैत ८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया