पहिराेले घर भत्किँदा डाेटीमा दुई जनाको ज्यान गयो

 कात्तिक २, २०७८ मंगलबार १६:२०:८ | विमल बिष्ट
unn.prixa.net

डोटी – तीन दिनदेखिको वर्षाका कारण डोटीको सायल गाउँपालिका ६ मेल्लेखमा पहिरोले घर भत्किँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार पहिराेले हिजो सोमवार राति वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा वीरबहादुरका छोराहरू १४ वर्षीय सागर र ११ वर्षीय आशिष रहेका छन् ।

डोटीमा वर्षाका कारण विभिन्न ठाउँमा क्षति भएको भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्राप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । अहिले यहाँ एनसेलको सिमले मात्र काम गरिरहेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया