काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एसिया कप छनोटको उपाधिका लागि यूएई र हङकङ भिड्ने भएका छन् । यी दुई को उपाधि विजेताले सेप्टेम्बर १५ देखि यूएईमा सुरु हुने एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग भिड्ने छ ।
आजको खेलमा यूएई र हङकङ विजयी हुँदै फाइनलको यात्रा तय गरेका हुन् । राउण्ड रोबिन लिग अनुसार छनोट खेलेका शीर्ष २ बीच फाइनल हुन लागेको हो । जसमा युएई ८ अंकसहित शीर्ष स्थाना रहँदा हङकङ ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल पनि सहभागी प्रतियोगितामा जम्मा दुई खेल जित्दै चौथो स्थानमा रह्यो ।
तर समान ७ अंक भए पनि ओमान प्रतियोगिताबाट बाहिरिएको छ । राउण्ड रोबिन लिगका ४ खेलसम्म शीर्ष स्थानमा रहेको ओमान आजको खेलमा यूएईसँग १३ रनले पराजित भएपछि फाइनल खेल्ने सपना अधुरै रह्यो ।
समूह चरणमा यूएईलाई हङकङले १८२ रनले पराजित गरेको थियो । फाइनल खेल बिहीबार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।