बाढी–पहिराेमा परेर डाेटीमा आठ जनाकाे ज्यान गयाे

 कात्तिक २, २०७८ मंगलबार २०:३५:२१ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – लगातारको वर्षापछि पहिरो र बाढीमा परेर डोटीमा आठ जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर ६ मा पहिरोले वीरबहादुर कुन्जेडाको घर भत्किँदा उहाँका छोराहरू १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको ज्यान गएको छ । 

यस्तै बाढी र पहिराेमा परेर शिखर नगरपालिका ११ की मन्दरा बलायर, जोरायल गाउँपालिका ३ का जोगी सार्की, त्यही गाउँपालिकाकाे वडा नम्बर ४ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विककाे ज्यान गएकाे छ । 

यस्तै सायल गाउँपालिका १ मा रहेको छत्रे खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया भनेे बेपत्ता भएका छन् ।  यसैगरी केआईसिंह गाउँपालिका ४ मा पहिराेको जोखिममा रहेका गाउँका एक सय ५० जना भन्दा धेरै विस्थापित भइ गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी दिपायल सिलगढी नगरपालिका ८ पाङरिमा २० घर परिवार पहिराेको जोखिममा परि विस्थापित भइ स्थानीय दुर्गा आधारभूत विद्यालयमा पुगेका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया