राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

 कात्तिक ३, २०७८ बुधबार १९:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भइ नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश बनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, विमिरो र पञ्चरङ्गी धागो ग्रहण गर्नुभएको थियो । 

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उहाँले जनही एक हजार पाँच रुपैयाँका दरले दक्षिणासमेत प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गर्नुभएको थियो । जिल्ला समन्वय समिति (जिसस) प्रमुख नवराज गेलालले राष्ट्रपति भण्डारीलाई धलौटबाट बनेको गणेशको मूर्ति प्रदान गर्नुभयो ।

देवगणलाई दक्षिणा दिने क्रममा देवगणहरूका तर्फबाट भद्रकाली बन्ने देवगण बालकृष्ण बनमालाले दुई वर्ष अगाडि भक्तपुरको जिसस प्राङ्गणमा राष्ट्रपति भण्डारीले अवलोकन गर्ने गरी प्रदर्शन गरिएको नवदुर्गा नाचको कुल खर्चमध्ये ४८ हजार तीन सय ८५ रुपैयाँ बाँकी रहेकाले त्यो रकम दिलाइदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो । 

त्यस्तै तलेजुका मूल नाइके जोशीले तलेजुका पुजारी, नाइकेलगायत विभिन्न तहमा रहेर कार्यरत व्यक्तिहरूले आर्थिक अभावका कारण जिम्मेवारी छाड्दै जाँदा तलेजुमा समस्या परेको भन्दै उचित बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया