भिजेको धानलाई कसरी सुरक्षित बनाउने ?

 कात्तिक ४, २०७८ बिहीबार ९:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।

धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।  

यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा  उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उहाँले बताउनुभयो । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताउनुभयो । नकाटेको धान डुबेको भए पनि पछि झार्दा  धेरै नोक्सान नहुने उहाँको भनाइ छ । लगातारको वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ ।

कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा  भने त्यसलाई  सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीले बताउनुभयो । 

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारले अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन ।

किसानको क्षतिपूर्ति उपलब्ध गराउने एक मात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया