डोटीमा बाढी–पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

 कात्तिक ४, २०७८ बिहिबार १७:५४:३३ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी – डोटीमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । 

जोरायल गाउँपालिकामा बाढी, पहिरोमा परि घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज बिहीवार ज्यान गएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । त्यस्तै सायल गाउँपालिका ४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएको छ । 

प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा एक जनाको ज्यान गएको र एक जनाको शव भेटिएसँगै डोटीमा बाढी, पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा बाढी, पहिरोबाट अन्य १२ जना घाइते भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया