वाग्मती प्रदेश सभाको बैठक कात्तिक १० सम्मका लागि स्थगित

 कात्तिक ४, २०७८ बिहिबार १८:१८:२० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सभाको अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक आउँदाे १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । त्याे बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताउनुभयाे । 

आज बिहीवार दिउँट्बाठाे बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत माग्दै सरकारले गरेको ६२ दिनको कामका बारेमा सांसदहरूलाई जानकारी गराउनुभएकाे थियाे । बैठकमा विपक्षी दलका नेताहरू मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी भएका थिए ।

बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे, विवेकशील साझा पार्टीका नेता रमेश पौड्याल र जसपाका प्रेम तामाङ छलफलमा सहभागी भएका थिए ।

बैठकमा सत्तापक्ष नेकपा एमालेका तर्फबाट नेता रामेश्वर फुँयाल मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी हुनुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया