तीन दिनपछि सञ्चालनमा आयाे भीमदत्त राजमार्ग

 कात्तिक ५, २०७८ शुक्रबार ९:२३:२९ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डाेटी - सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ ।

भासु भिर, डडेलधुराकाे साहुखक तथा डोटीको गैरा तथा गोल्डेनमा खसेको पहिरो पन्छाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो।

राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका यात्रु र गाडी गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया