पूर्वमन्त्री आलमको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

 कात्तिक ५, २०७८ शुक्रबार १४:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ । 

सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ । 

आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ । 

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन मागसहित सर्वोच्च पुगेका हुन् ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया