जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो, यात्रु मर्कामा

 कात्तिक ५, २०७८ शुक्रबार २०:१५:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् । 

विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् । तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गर्नुभयो । 

टिकटकाे पारदर्शिताकाे विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो । तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाइट र टिकट पारदर्शिताकाे विषयमा पहल गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया