बाढी र पहिरोका कारण बन्द सडक खुलाउने काम चल्दै

 कात्तिक ६, २०७८ शनिबार १२:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

सम्बन्धित डिभिजन कार्यालयमार्फत  खुलाउने काम भइरहेको हो । पहिरो हटाउने, मर्मत गर्ने लगायतका काम भइरहेको सडक विभागका उपमहानिर्देशक शिव प्रसाद नेपालले जानकारी दिनुभयो । मेसिन तथा उपकरणको सहायताले सडक खुलाउने काम भइरहेको हो ।

गएको दुई गतेदेखि बन्द भएको बझाङको खोड्पे चैनपुर बाहेकको सबै सडक खुलाउने काम भइरहेको र केहीदिन भित्रै खुलिसक्ने उहाँले बताउनुभयो । राजमार्गसँग धेरै ग्रामीण सडक पनि जोडिएको र धेरै ठाउँमा पहिरो गएकाले खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

मनाङको डुम्रे–बेसीसहर–चामे सडक, बझाङको खोड्पे चैनपुर, पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने डडेलधुराकाे सकायल–रडुवा सडक, मनाङकै निगालाघारी, खोत्रो र  दानाक्यु, जालीबगर, दार्चुलाको धनगढी–सहजपुर–बुडर–स्याउले–दार्चुला–तिङ्कर सडक मर्मतको काम भइरहेको छ ।

यस वर्षको वर्षा सुरु भएपछि दुई सय ४४ ठाउँको सडक बन्द भएकोमा अहिले छ ठाउँमा बन्द छ ।  एक सय ३९ सडक एकतर्फी र  ९९ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएका सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया