लालुलाई लामखुट्टे र कुकुरले ‘लास्टै’ सतायो

 भदौ १९, २०७५ मंगलबार १८:१७:३९ | एजेन्सी
unn.prixa.net

दाना घोटालामा सजाय भोगिरहेका राष्ट्रिय जनता दल (आरजेडी) का नेता लालुप्रसाद यादवको उपचारका लागि राँचीको राजेन्द्र इन्स्टिच्यूट अफ् मेडिकल साइन्स (रिम्स) मा भर्ना गरिएको थियो ।

अस्पतालको ‘सुपरस्पेसियल वार्ड’ मा भर्ना गरेको भए पनि लालुप्रसाद यादवले रिम्सका निर्देशक आरके श्रीवास्तावसँग उनलाई ‘पेइंग वार्ड’ मा शिफ्ट गर्नको लागि आग्रह गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार यादवले उनलाई राखेको वार्डमा धरै लामखुट्टे भएको र लामखुट्टेको टोकाइबाट आफूलाई डेंगु हुने डर भएकाले वार्ड परिवर्तन गर्न चाहेका हुन् । साथै उनले अस्पतालभित्र शौचालयको दुर्गन्ध र कुकुरको भुकाईले निन्द्रा खराब भएको भन्दै अस्पतालका निर्देशकलाई अर्कै वार्डमा राख्न भनेका थिए । अस्पतालका निर्देशकले भने उनको प्रस्ताव जेल प्रशासन समक्ष राखेका छन् । 

योभन्दा अगाडि झारखण्ड उच्च अदालतको तर्फबाट जमानत बढाउनेबारेको रिट खारेज गरिदिएपछि गएको हप्ता लालुप्रसाद यादवलाई पुनः जेल जानु परेको थियो । स्वास्थ्य अवस्था हेरेर जेल प्रशासनले उनलाई बिरसा मुन्डा जेलको सट्टा उपचारको लगि रिम्स पठाएको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया