अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – हिजोका दिनमा कुनै काम/व्यवसाय थिएन, भुष्मेकी नीलमाया तामाङको । त्यसैले उहाँलाई दुईचार पैसा देख्न पनि मुश्किल हुन्थ्यो । आम्दानी नहुँदा घरखर्च चलाउन पनि धौधौ हुन्थ्यो ।
परिवारको गुजारा चलाउनकै लागि उहाँले तरकारी खेती सुरु गर्नुभयो । २०७१ सालबाट उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो । ८ रोपनी क्षेत्रफलमा उहाँले व्यावसायिक तरकारी खेती गर्नुभएको हो ।
उहाँले अहिले ६ वटा टनेलबाट विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी खेतीमा उहाँलाई आफ्ना २ छोराको साथमा पनि मिलेको छ । तरकारी खेतीमा लागेसँगै उहाँको जीवनस्तरका उकासिएको छ ।
‘हिजो दुईचार पैसा हातमा हुँदैनथ्यो । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ । गुजारा चलाउन सजिलो भएको छ’, उहाँले हौसिँदै भन्नुभयो ।
उहाँमात्र होइन, यही गाउँकी सुनसरी तामाङ पनि अहिले तरकारी खेतीमा रम्नुभएको छ । उहाँका अनुसार तरकारी खेतीबाट छोराछोरीको पढाई खर्च व्यहोर्न सजिलो भएको छ । घरखर्च चलाएर बाँकी रहेको पैसा बचत भएको छ ।
यस गाउँका प्रायः अधिकांश तरकारी खेतीमा जुटेका छन् । तरकारी फलाएका छन् । तरकारी बिक्रीबाट राम्रो पैसा हात पारेका छन् । उनीहरुले बन्दा, काउली, गोलभेँडा, घिरौँला, काक्रा लगायतका तरकारी टनेलमा फलाउँछन् ।
आफूले ४ वटा टनेल बनाई व्यावसायिक तरकारी खेती गर्दै आएको स्थानीय किसान नारायणबहादुर तामाङले बताउनुभयो । ‘मैले गोलभेँडा, खुर्सानी, काउली र बन्दा फलाएको छु । गाउँलेकै देखासिकी गरी मैले पनि तरकारी खेती गरेको हुँ । राम्रै भएको छ । तरकारी खेतीबाट आर्जन भएको केही पैसा बचत पनि गरेको छु’, उहाँले मुस्कुराउँदै भन्नुभयो ।
गाउँलेले फलाएको तरकारी बेसीशहर बजारसम्म आइपुग्छ ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर–८, मा पर्ने भुष्मे गाउँका किसानलाई अहिले काउली, बन्दा, गोलभेँडालगायतको बेर्ना जमाउन र सार्न भ्याइनभ्याई छ ।
तरकारी खेतीले गाउँ नै हरियाली भएको छ । पहिले तरकारी किन्न बजार र छिमेकीको भर पर्दै आएका स्थानीय अहिले आफैँ तरकारी उत्पादन गर्छन् । बेच्छन् । गाउँमा ५५ घरधुरी रहेको छ ।
शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णुमाया तामाङका अनुसार गाउँका सबै घरधुरी तरकारी खेतीमा होमिएका छन् ।
समग्र विकास सेवा केन्द्र लमजुङकी जिल्ला संयोजक मिरा भण्डारीका अनुसार गाउँमा सामाजिक परिवार गठन गरी तरकारी खेतीसम्बन्धी तालिम समेत प्रदान गरिएको छ । उहाँका अनुसार स्थानीयको आय–आर्जनमा टेवा पुर्याउन बाख्रापालन, कुखुरापालन र तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।