काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
साफ च्याम्पियनशिपको १२ औँ संस्करणको उपाधि नै जित्ने लक्ष्यसहित बंगलादेशको ढाकामा उत्रिएको नेपाली टोलीले पहिलो खेलमै पाकिस्तानसँग २–१ को हार व्यहोरेको छ । अन्तिम मिनेटमा डिफेन्सको कमजोरीले गर्दा नेपालले नतिजा पाकिस्तानलाई सुम्पन पुग्यो ।
यसै सन्दर्भमा ढाकामा रहेका नेपाली प्रशिक्षक बालगोपाल महर्जनसँग आजको प्रदर्शनबारे गरिएको कुराकानी प्रस्तुत छ :
हामीले नचाहँदा नचाहँदै पहिलो म्याच पाकिस्तानसँग हार्न बाध्य भयौँ । फुटबलमा यस्तो हुन्छ । हामीले यस्ता गल्तीलाई सुधार गरेर अगाडि बढ्ने हो । आजको खेलमा जुन २ वटा चिज नगर्नु पर्ने थियो त्यो गरेर हामी पराजित भयौँ ।
सुधार हामीले डिफेन्समा गर्नुपर्ने देखियो । हामीले आज डिफेन्समा गल्ती गरेका छौँ, त्यसबाट पाठ सिक्न जरुरी छ । अट्याकिङबाट पनि हामीले गोल गर्न सकिरहेका छैनौँ ।आज हामीले पाएका अबसरलाई पनि सदुपयोग गर्न सकेनौँ । आजको खेल हार्दैमा हामी प्रतियोगितबाट बाहिरिसकेका छैनौं । अब बाँकी रहेका दुई वटै खेलमा जित निकालेर सफल हुने ठाउँ पनि छ ।
अवश्य पनि । निराजनले बल पोजिसन र पासहरु मिलाउन सजिलो भएको थियो । प्रतियोगितामा हार जित त भै नै रहन्छ । तर आज मेजर केही गल्तीहरु भएका छन् ।
हेरौँ । आजको खेलको पहिला समीक्षा गर्छौँ । त्यसपछि कसले कस्तो प्रदर्शन गरेको छ त्यसैका आधारमा खेलाडीको विषयमा सोच्छौँ ।
आजको खेलबाट ३ अंक हामीले पाकिस्तानलाई दिएका छौँ । पहिला पनि हामीले यस्तो खेल खेलेका छौँ । पहिलो खेल हारे पनि पछिल्ला खेलमा हामीले कमब्याक गछौँ । भलै पछिल्ला खेलहरुमा हामी बढी दबाबमा हुनेछौं । त्यो दबाबलाई चिरेर अघि बढ्न नेपाल तयार छ ।
कम्तीमा आज १ अंक लिएको भए अरु खेलमा हामीलाई अलि सजिलो हुने थियो । हामीले अन्तिम ३० सेकेण्ड धैर्यता राख्न नसक्दा ३ अंक नै गुमाउन बाध्य भयौँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।