देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली

 कात्तिक ९, २०७८ मंगलबार ७:५३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।

अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।  

हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेको  काठमाण्डाैकाे न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो  ।

आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।  काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  ।

आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया