मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रकाे जङ्ग...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय ६९ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १२ हजार २० जनाको नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये पाँच दशमलव ५४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नौ लाख चार हजार पाँच सय १३ जना पुगेको छ । जसमध्ये आठ लाख १० हजार दुई सय ९८ जनामा पीसीआर विधि र ९४ हजार दुई सय १५ जनामा एन्टिजेन विधिको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय २२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६ सय ३० पुगेको छ ।
यही अवधिमा ११ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ७२ पुगेको छ ।
अहिले नेपालमा १० हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये दुई सय ५२ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार चार सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।