बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ मा रहेको देउराली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियारले देउराली माविको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नगेन्द्रप्रसाद सापकोटा, तत्कालीन प्रधानाध्यापक मित्रलाल पाण्डे, सहायक लेखा प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले शिक्षक छनोटको कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेका भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिएको, नक्कली कागजात बनाई विद्यालयमा अनुपस्थित शिक्षकका नाममा पारिश्रमिक निकासा गराएको आरोपपत्रमा उल्लेख छ ।
नौ जनालाई जनही आठ लाख ८७ हजार आठ सय ८० रुपैयाँ बिगो माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।