सर्वाेच्चका न्यायाधीशहरूकाे निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

 कात्तिक ९, २०७८ मंगलबार १७:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

आज मङ्गलवार बिहान प्रधानन्यायाधीश जबरासँग भेट गरेपछि सर्वोच्चका न्यायाधीशहरूले छुट्टै छलफल गरी प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।

बिहान न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनुभएको थियो । उहाँले कसैको दबाब र प्रभावमा आएर राजीनामा नदिने प्रस्ट पार्नुभएको थियो ।

न्यायाधीशहरूले भोलि बुधवार बिहान फेरि छलफल गर्ने भएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशको भेट तथा छलफलका कारण आज पनि सर्वोच्चमा इजलास प्रभावित भएको छ ।

यसैबीच संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । नागरिकको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फूर्त रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न प्रधानन्यायाधीशले सहज निकास दिनुपर्ने मञ्चका अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया