न्यायालयकाे मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : वरिष्ठ नेता पाैडेल

 कात्तिक ९, २०७८ मंगलबार १८:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । 

आज मङ्गलवार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको हो । उहाँले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै प्रतिक्रिया त गर्दैनौँ, हस्तक्षेप गर्न चाहेको होइन ।’

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ । सर्वोच्च अदालतका न्यायधीशहरूले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया