अब अस्ट्रेलिया जाने अन्तर्राष्ट्रिय यात्रुले काेराेना खाेप लगाएक...
असार २०, २०७९ सोमबार
सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक नीलगाई मरेकाे छ । नीलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो ।
सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंँदा नीलगाई मरेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयाे ।
मृत नीलगाईलाई प्रहरीले शम्भुनाथ सब-डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । यता प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत नीलगाईलाई खाल्डोमा पुरिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताउनुभयाे ।