पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिको परीक्षणबाट पाँच सय ८२ र एन्टिजेन विधिको परीक्षणबाट ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी नौ हजार चार सय ९५ नमुनाको कोरोना परीक्षण भएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिको परीक्षणबाट आठ लाख १० हजार आठ सय ८० जनामा र एन्टिजेन विधिको परीक्षणबाट ९४ हजार तीन सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ९५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार एक सय २५ पुगेको छ ।
यही अवधिमा आठ जना सङ्क्रमितको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८० पुगेको छ ।
अहिले देशभर १० हजार तीन सय ७५ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये दुई सय ५४ जनाकाे आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।