आर्यन खानले पाए जमानत

 कात्तिक ११, २०७८ बिहिबार १७:२३:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । 

गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । 

यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । 

यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका हुन् । याे फैसलापछि मुकुल रोहतगीले भने, ‘मुम्बई उच्च अदालतले तीन दिनसम्मकाे सुनेपछि आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई जमानत दिएकाे छ । विस्तृत आदेशकाे कपी भाेलि दिइनेछ । शनिवारसम्म सबै जेलबाट बाहिर हुने आशा छ ।’ 

आर्यन खानलाई एक क्रुजमा भएकाे कथित रेभ पार्टीकाे मामिलामा नारकाेटिक्स कन्ट्राेल ब्युराे एनसीबीले गएकाे अक्टाेबर ३ मा पक्राउ गरेकाे थियाे । 

यसअघि आर्यन खानकाे जमानत निवेदन दुई पटक खारेज गरिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया