रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखियो

 कात्तिक १२, २०७८ शुक्रबार ९:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखिएको छ । विभिन्न गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रसुवाले सीसीटीभी जडान गरेको हो । 

जिल्लामा शान्ति सुरक्षा कायम राख्न, नाकामा सीमामा हुने अपराध, चोरी सिकार तथा राजमार्गमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसीटीभी  राखिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । रसुवागढीमा २, स्याफ्रुबेसीमा २, धुन्चेमा १८ वटा, कालीकामा ५ र बेत्रावतीमा २ वटा राखिएको कार्यालयले जनाएको छ ।

रसुवामा रहेकाे बेत्रावती, स्याफ्रु र रसुवागढीमा जिल्ला प्रहरी कार्यालय रसुवाले र कालीकास्थानमा र धुन्चेमा गाउँपालिकाको सहयोगमा सीसीटीभी राखेकाे हाे । यसअघि राखिएका सीसीटीभी बिग्रिएका कारण नयाँ जडान गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । ‘हामीले अहिले टिमुरे बाहेक अन्य क्षेत्रमा सीसीटीभी जडान गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘टिमुरे क्षेत्रमा भन्सार कार्यालय, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्थासँगको समन्वयमा राखिने छ ।’    

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया