रहेनन् कन्नड अभिनेता पुनीत

 कात्तिक १२, २०७८ शुक्रबार १६:५४:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै  – कन्नड अभिनेता पुनीत राजकुमारकाे ४६ वर्षकाे उमेरमा आज शुक्रवार निधन भएकाे छ ।   

हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारकाे निधन भएकाे बेङ्गलुरु अस्पतालले बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् । 

उनकाे निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बाेमईले शाेक व्यक्त गर्नुभएकाे छ । पुनीतकाे निधनमा राजनीतिज्ञ, कलाकार र क्रिकेटरहरूले पनि शाेक व्यक्त गरेका छन् । 

अभिनेता पुनीतकाे निधनपछि कर्नाटक राज्यमा सबै थिएटर बन्द गरिँदै गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकाे निधनपछि समर्थकहरूकाे निकै ठूलाे भिड लागेकाे र त्यसलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएकाे बताइएकाे छ ।  

पछिल्लाे पटक पुनीत फिल्म 'युवरत्ना' मा देखिएका थिए ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया