प्रधानमन्त्री देउवा बेलायतकाे लण्डनमा

 कात्तिक १३, २०७८ शनिबार ७:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतकाे लण्डन पुग्नु भएकाे छ । 

प्रधानमन्त्री नेतृत्वकाे २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेकाे ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा गएराति लण्डन पुगेकाे हाे । 

प्रधानमन्त्री देउवा हिजाे बिहान काठमाण्डाैबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो ।

विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज र भाेलि बेलायत रहनुहुने तथा विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २० जना हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया